लेकसाइडको सेन्टर प्वाइन्टमा ‘प्याराडाइज स्पा’ को नयाँ शाखा

पाेखरा | असोज २, २०८१

लेकसाइडको सेन्टर प्वाइन्टमा ‘प्याराडाइज स्पा’ को नयाँ शाखा

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले नयाँ शाखा बिस्तार गरेको छ ।

 

पोखरा महानगरपालिका ६ स्थित अंशुभरा विल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि सञ्चालनमा ल्याएको हो ।

 

रोशन लिम्बु नेतृत्वको युवा व्यवसायीहरुको सँयुक्त लगानीमा अत्याधुनिक सेवादिने उद्देश्यसहित स्पा सञ्चालनमा ल्याएको सञ्चालक लिम्बुले बताए । 

 

उनका अनुसार उक्त स्पाबाट मेडिकेयर, पेडिकेयर साथै सौन्दर्य कला लगायत विभिन्न किसिमका (फुट मजाज, बडि मसाज) मसाजहरुको सेवा प्रदान हुदैं आएको छ ।

 

साथै उक्त स्पामा ज्याकुजी, आइस थेरापी, साउना, स्टिम लगायतको सेवाहरुपनि प्रदान गर्ने तयारी भइरहेको लिम्बुले जानकारी दिए ।
 

‘हामीले केही समयमै ज्याकुजी, आइस थेरापी, साउना, स्टिम लगायतका सेवा दिने तयारीमा छौ, उनले भने, ‘त्यसका लागि चाइनाबाट सामान मगाएका छौं । करिब एक डेढ महिना जति लाग्न सक्छ ।’

 

 

दोस्रो शाखाको रुपमा सेन्टर प्वाइन्टमा आएको प्याराडाइजले विगत लामो समयदेखि हल्लनचोकबाट सेवा दिदैं आएको छ ।

 

उनले निकट भविष्यमा थप शाखाहरु बिस्तार गर्ने योजनासमेत रहेको बताए । 

 

मार्केटिङको क्षेत्रमा फरक पहिचान बनाएका लिम्बुले न्यूरोडमा र सृजनाचोकमा ड्रिमल्याण्ड फुडल्याण्ड तथा बगरमा ड्रिमल्याण्ड बारबरसप सञ्चालन गर्दै आएका छन् ।

 


 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्